सोनिया गान्धीको भिडियो राखिएको ट्वीट प्रधानमन्त्री ओलीबाट रिट्वीट

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले त्यहाँको नागरिकता विधेयककाबारे जारी गरेको भिडियो सन्देश नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्याण्डलबाट रिट्वीट भएको छ । शुक्रबार कांग्रेस अध्यक्ष गान्धीले विधेयकको विरोधमा नागरिकले उठाइरहेको आवाजको भाजपा सरकारले सम्बोधन गर्नुपर्ने भिडियो सन्देशमा उल्लेख गरेकी थिइन ।
सरकारले गरेको नागरिकता ऐन संशोधनको विरोधमा अहिले भारतभरीनै प्रदर्शन भइरहेको छ । प्रदर्शनमा उत्रेका नागरिकमाथि भएको प्रहरी दमनमा शनिबारसम्म १३ जनाले ज्यान गुमाइसकेका छन् ।
दुवै सदनबाट पारित भएको नागरिकता ऐन संशोधन विधेयकको विपक्षी पार्टी भारतीय कांग्रेस, कम्युनिष्ट लगायतले प्रदर्शनको समर्थन गरेका छन् ।