नेकपामा सभामुखको खोजी



मेरो प्रदेश सम्वाददाता
कठमाडौ
बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा नेपाल पार्टी भित्र सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ ।
बैठकमा नेताहरूले सभामुख कहिले चयन हुने भनी शीर्ष नेताहरूसँग प्रश्न गरेका थिए ।
नेकपाका सचिवालय सदस्य माधवकुमार नेपालले नेकपाबाट नै सभामुख बन्ने निश्चित रहेको बताए । संसदीय दलको बैठकमा चर्चा भए पनि यस्वारे छलफल नभएको बताउँदैे नेकपाले सभामुखमा दाबी गर्ने उनको भनाई छ । बैठकमा पार्टी एकता, स्थायी कमिटी बैठक, केन्द्रीय कमिटीको बैठकलाई व्यवस्थित गर्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धारणा राखेका तिए अस्थायी कमिटीको बैठक जारी छ । त्यसपछि केन्द्रीय कमिटीको बैठक बसेर पार्टीको कार्ययोजना सहित जनतामा जाने तयारी भइरहेको धारणा राख्दै अध्यक्ष प्रचण्डले त्यसका लागि तयार रहन सांसदलाई निर्देशन दिएका थिए । बैठकमा हिउँदे अधिवेशन ,संसदीय दललाई व्यवस्थित गरीे अगाडि बढाउने विषयमा संसदीय दलका उपनेता सुवास नेम्वाङले धारणा राखेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button