सांसद बिद्या भट्टराईले लिईन पद तथा गोपनियताको शपथ ग्रहण

मेरो प्रदेश सम्वाददाता
सांसद बिद्या भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले मंगलवार मपद तथा गोपनियताको शपथ ग्रहण गराए छन । सभामुखले सांसदहरुलाइ सपथग्रहण गराउने चलन भएपनिअहिले सभामुख नभएकाले भट्टराईलाई उपसभामुखले शपथ ग्रहण गराएकी हुन ।
कस्की–२ को उपनिर्वाचनमा भट्टराई नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई पराजित गर्देै विजयी भएकी थिइन् ।
उनले पौडेललाई ८ हजार ४०९ मतान्तरले पराजित गरेकी हुन् । भट्टराईले २४ हजार ३९५ मत प्राप्त गरेकी थिइन् भने पौडेलले १५ हजार ९८६ मत ल्याएका थिए ।