नेकपा स्थायी कमिटीको बैठकमा १२ जनाको मन्तव्य

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा सोमवार बसेको स्थायी कमिटीको बैठकमा १२ जना सदस्यहरुले प्रस्तुत प्रतिवेदन र संशोधन प्रस्तावमाथि धारणा राखेका छन । दोस्रो दिनको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा सुझावसहित नेताहरुले आ–आफ्ना धारणा राखेका छन ।
बैठकमा वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, पम्फा भुसाल, देवेन्द्र पौडेल, गणेश साह, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली र देव गुरुङले प्रस्तुत प्रस्तावहरुमा उल्लेखित वैचारिक, संगठनात्मक र राजनीतिक दिशा एवं विश्लेषण आधारभूत रुपमा सही रहेको धारणा राखेका छन ।
पार्टी भित्र परिमार्जन र सुधारका लागि सुझाव समेत उनिहरुले दिएका छन ।
बैठकमा संगठन सुदृढीकरण तथा सरकारको कामलाई प्रभावकारी बनाउन समेत सुझाव दिईएको छ ।स्थायी समितिको अर्को बैठक पुस १ गते विहान ११ बजे धुम्बाराही, काठमाडौंमा बस्ने पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।