हरेक निकायलाई आफु अनुकुल बनाई शाही आयोग बनाउन खोज्यो ,, देउवा

प्रदेश टि भी सम्वाददाता
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालेहाल भएकोे सरकारले संवैधानिक आयोगहरुलाई शाही आयोग बनाउन खोजेको आरोप लगाएका छन्।
कांग्रेस निकट ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषदलाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन ।
देउवाले सबै निकायलाई आफु अनुकुल बनाई शाही आयोग बनाउने खोजे पनि पुरा हुन नदिने बताए।
उनले सरकारको इशारामा नचल्ने सबैलाई दुख दिन थालेको भन्दै यस्ता प्रजातन्त्र विरोधी कार्यको कांग्रेस डटेर विरोध गर्छ, उनले भने।
त्यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरु श्रमिक आन्दोलनबाट सत्तामा पुग्ने र पुगेपछि श्रमिकलाई नै दुख दिने हुनाले नेपालमा पनि सरकार श्रमिक विरोधी हुन खोजेको आरोप लगाए।