नेकपा सचिवालय बैठक शुरू

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार शुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको मन्त्रिपरिषद बैठकमा आफूले महत्वपूर्ण निर्णय गर्ने बताए पछि आजको सचिवालय बैठकले केही मन्त्रीहरूको हेरफेरको निर्णय गर्ने संभावना छ ।
आजै ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राष्टपति विद्यादेवी भण्डारीसँग भेट गरेका छने । देश बाहिर रहेका कारण नेता झलनाथ खनाल र इश्वर पोखरेले आजको बैठकमा उपस्थित हुनसकेका थिएनन ।