तराई मधेशमा व्यापक भ्रस्टाचार बढेको : अध्यक्ष पुष्पकमल दहाल प्रचंडको गुनासो

प्रदेश संबाददाता
महोत्तरी १३
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल प्रचंडले आउने उप निर्वाचनमा नेकपाका तर्फमा मतदान गर्न महोत्तरी वासीलाई आग्रह गरेका छन ।
महोत्तरीको पिपरा गाउ पालिकामा बुधवार आयोजिक शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराई(मधेशमा व्यापक भ्रस्टाचार बढेको जिकिर गरे प्रचंडले भने, यहां व्याप्त भ्रस्टाचार र बेथितिको लागि जनताले नै आवाज उठाउनु पर्छ ।
मांसिरमा हुने उप निर्वाचनमा नेकपाको उम्मेदवारलाई जिताएर भ्रस्टाचारीलाई जवाव दिन समेत उनले आग्रह गरे । महोतरी नेकपाको शुभकामना आदान(प्रदान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा संबोधन गर्दै पुर्ब प्रधान मंत्री समेत रहेका प्रचंडले तराई मधेश जोड्ने द्रुत मार्गको निर्माण आफू प्रधान मंत्री भएको बेला नै सुरु भएको जिकिर गर्दै जनकपुर( भिठमोड सड़क पनि अब सिक्स लेनको बन्ने पक्का भई सकेको स्पस्ट पारे । उनले निकट भविष्यमा नै रेल पनि दुइ नम्बर प्रदेशमा दौड़ने ठोकुवा गर्दै तराई मधेशको कोशी(कमला डायवर्शन समेत नेकपाको सरकारले निर्माण गर्ने बताए ।
प्रचंडले भने, मधेशका फटाहा ,दलाल र भ्रस्टाचारीलाई सबक सिखाऊंन तराई(मधेशका युवा नै अगाडि बढ्नु पर्छ । उनले कम्युनिस्ट पार्टी सधै तराई ( मधेशको जनता संग रहेको प्रस्ट पार्दै आउने उप निर्वाचनमा नेकपाको पक्षमा मतदान गर्न आग्रह गरे । संविधान संशोधन को लागि आबश्यक्ता अनुसार संसोधन हुने ठोकुवा गर्दै मंसिरमा हुने उप निर्वाचनमा नेकपाको नेता र प्रातिनिधि लाई मतदान गर्न आग्रह गरे।
नेपाल बहुजातीय, बहु भाषा र विविधता भएको देश रहेको उल्लेख गरे ।
महोत्तरीको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आयोजनामा छठ पर्वको अवशरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई संबोधन गर्दै नेकपाका केंद्रीय कमिटीका अध्यक्ष प्रचंडले आफू तराई मधेशबाट नै जितेर प्रधान मंत्री संम्म बनेको प्रस्ट पारे उनले आफुलाई तराई मधेश संग प्रेम भएको दोहर्यायेका छन । कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले आउने उप(निर्वाचनमा असल चरित्रका व्यक्तिलाई निर्वाचनमा निर्वा्चित गर्न आग्रह गर्दै उनले नेकपाका नेतालाई जिताऊँन आग्रह गरे । आउने उप निर्वाचनमा पिपरा गाउ पालिकामा नेकपाको उम्मेदवारले जीते देश को नामुना गाउपालिका बनाउंने ठोकुवा गरे ।
देशमा व्यवस्था परिवर्तन गर्न नेकपाले लामो संघर्ष गरेको जिकिर गर्दै ७५३ स्थानीय तह मध्ये अधिकान्समा नेकपाको रहेकोप्रस्ट पारे । प्रदेश २ मा पराजित भएपनि दुइ नंबर प्रदेशको सबैभन्दा ठुलो पार्टीको रुपमा रहेको जिकिर गर्दै प्रदेश २ को नेतृत्व पनि अब नेकपाले गर्न चाहेको स्पस्ट पारे । उनले अहिले प्रदेश २ को सरकारलाई आफूहरु हेरर मात्र बसेको तर अब चुप लागेर नबश्ने समेत बताउदै सिचाई र जल विद्युत समेत नेकपा सरकारले प्रदेश २ लाई क्रांन्ति गरेर अगाडि बढाउने ठोकुवा गरे । वर्दीवाशमा मेडिकल कोलेजको लागि कार्य अगाडि बढाई सकेको स्पस्ट पार्दै । आउने निर्वाचनलाई केन्द्रित गरेर नेकपाले तैयारी गरेको समेत स्पस्ट पारे ।