नेपाल संवत् ११४० को अवसरमा हुने शुभकामना आदन प्रदान कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने



प्रदेश संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको बसन्तपुरमा आयोजना हुने नेपाल संवत् ११४० को उपलक्ष्यमा हुने शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने भएका छन् ।
सो कुरा प्रधान मन्त्री ओलीले बुधबार बिहान उनकै निवास बालुवाटरमा नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० का प्रतिनिधि मण्डलसंग भेटघाटको क्रममा बताएका हुन् ।
उनले आफू नेपाल संवतको ¥याली तथा सभामा प्रधानमन्त्री नभएको बेलामा पनि उपस्थित हुने गरेको स्मरण गर्दै यस बर्षको नयाँ बर्षमा आयोजना गरीने सभामा विशेष रुपमा उपस्थित भई काठमाडौंका जनतालाई केही कुरा भन्ने इच्छा रहेको विचार व्यक्त गरेका छन् ।
ओलीले नेवार समुदायहरुले कार्तिक १३ गते भाईटिका गर्ने भएकोले उक्त दिन सार्वजनिक बिदा दिने जानकारी दिदैै नेपालको संस्कृति, परम्परामा नेपाल सरकारको सदैव सहयोग रहने विचार समेत व्यक्त गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button