पार्टी एकता भएपनी गुट यथाबत

प्रदेश संबाददाता
कार्तिक ३
संघीय सरकार नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपा कागजी रुपमा एकीकृत भएपनि कार्यगत र बैचारिक रुपमा गुट उपगुटमै विभाजित रहेको पाईएकोछ ।
तात्कालिन एमाले र एकीकृत नेकपा माओवादीबीच एकीकरण भएको तेश्रो वर्ष बित्न लाग्दा समेत व्यवहारिक र कार्यगत रुपमा गुट उपगुट रुपमा अलग नै रहेको देखिएकोछ । जसको प्रतक्ष उदाहरण धनुषामा शनिवार छुट्टा छुट्टै रुपमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रमले देखाएको छ ।
माओवादीका उद्योग तथा आपूर्ति मन्त्री मातृका यादव गुटले सबैलामा र एमालेका भौतिक पुर्वाधार विकास मन्त्री रघुवीर महासेठ गुटले शहीदनगर नगरपालिकामा विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान आयोजना गरेकाले पनी गुटको पतक्ष प्रभाब पार्टीको तलैसम्म देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको प्रमुख आतिथ्यमा सबैलामा आयोजनामा गरिएको कार्यक्रममा केन्द्रीय कमिटी सदस्य तथा प्रदेश सह इन्चार्ज महेन्द्र पासमान, राम चन्द्र झा, रत्नेश्वर लाल गोईत, बोधमाया यादव, सत्रुधन महतो, यदुबंश झा, किशोरी साह, राम औतार पासमान, दिपक यादव लगायतको सहभागिता रहेका थिए । त्यसैगरी रघुवीर महासेठको गुटले शहिदनगर नगरपालिकामा गरेको कार्यक्रममा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मेयर उदय बरबरियाका बुवा श्रवण बरबरिया यादव प्रमुख अतिथि रहेका थिए ।
नेकपाको संघीय सरकारमा एमाले कोटाबाट रघुवीर महासेठ र माओवादी कोटाबाट मातृका यादव धनुषाबाट मन्त्री पदमा रहेका छन् । हाल धनुषामा पछिल्ला गुटहरुहराएपछि नेकपाको यी दुई मन्त्रीको गुट संचालनमा रहेको बाहिरै देखिएको छ ।
एमालेमै माओबादी संगको एकताहुनु अघिदेखि नै अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल बिच गुटबन्दी हावी रहेको थियो भने माओवादीमा प्रचण्ड र नाराकाजी सहितका तीनवटा गुट रहेको थियो । गुटबन्दीका मार झेल्दै आएका दुवै पार्टीले चुनावलाई लक्षित गरी कम्युनिष्ट शक्ति एकीकरण गर्न उद्देश्यले एकीकृत भएका थिए । तर तेश्रो वर्ष बित्न लाग्दा पनि रावण झै एउटा शरीरमा विभिन्न मुख गुटको रुपमा हावी रहेका छन् ।