नेपालमा थप ७ जनामा काेराेना संक्रमण, कुल संक्रमित संख्या ८२ पुग्याे



काेराेना भाइरस काेभिड १९ काे संक्रमण नेपालमा थप ७ जना पाेजिटिभ देखिएको छ । मंगलबार बिहान ७ ः ४५ बजे स्वास्थ्य मन्त्रालयले  दिएको जानकारी अनुसार  भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परिक्षणमा  ७ जनामा कोरोना पुष्टी भएको हो । याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या ७५ बाट  ८२ पुगेको छ ।


स्वास्थ्य मन्त्रालयका अनुसार    नेपालगञ्ज उपमहानगरपालिका ८ निवासी वर्ष २२, ३०, ४० का पुरुष र ०९, ३२, ३४ र ५५ की महिलामा कोरोना पाेजिटिभ देखिएको हो ।  नयाँ देखिएकाे   काेराेना संक्रमितकाे  स्वास्थ्य अवस्था सामान्य रहेकाे र ७ जना स्वास्थ्यकर्मीकाे   निगरानीमा  रहेकाे बताइएकाे छ ।

आइतबार देखि मंगलबार सम्म  ४ दिनकाे अवधिमा २३ जनामा काेराेना संक्रमण पाेजिटिभ देखिएकाे छ ।  यस अघि आइतबार मात्रै  पर्सामा १ र   नेपालगञ्जमा १५ जनामा कोरोना पुष्टी भएको थियो । नेपालमा हालसम्म १६ जना कोरोना संक्रमित स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close