नेपालमा थप ७ जनामा काेराेना संक्रमण, कुल संक्रमित संख्या ८२ पुग्याे

काेराेना भाइरस काेभिड १९ काे संक्रमण नेपालमा थप ७ जना पाेजिटिभ देखिएको छ । मंगलबार बिहान ७ ः ४५ बजे स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परिक्षणमा ७ जनामा कोरोना पुष्टी भएको हो । याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या ७५ बाट ८२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ८ निवासी वर्ष २२, ३०, ४० का पुरुष र ०९, ३२, ३४ र ५५ की महिलामा कोरोना पाेजिटिभ देखिएको हो । नयाँ देखिएकाे काेराेना संक्रमितकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र ७ जना स्वास्थ्यकर्मीकाे निगरानीमा रहेकाे बताइएकाे छ ।
आइतबार देखि मंगलबार सम्म ४ दिनकाे अवधिमा २३ जनामा काेराेना संक्रमण पाेजिटिभ देखिएकाे छ । यस अघि आइतबार मात्रै पर्सामा १ र नेपालगञ्जमा १५ जनामा कोरोना पुष्टी भएको थियो । नेपालमा हालसम्म १६ जना कोरोना संक्रमित स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन् ।