श्रीमतीकै योजनामा श्रीमानको हत्या



निकेश खनाल
बर्दिवास भदौ ६
महोत्तरीको बर्दिबास नगरपालिका–३ घर भएका श्रवण थापाकी श्रीमती पुजा थापाले नै पेसेवर अपराधी मार्फत् श्रीमानको हत्या गराएको खुलासा भएको छ । महोत्तरी प्रहरीका अनुसार बर्दिवास नगरपालिका ३ गौरिडाँडाका ३६ वर्षे सरोज भनिने श्रवन थापालाई श्रीमती पूजा थापाको योजनामा श्रवणको हत्या गराएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी जानकारी दिए।


मृतकको शव असार ३१ गते बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास ३ स्थित स्मृति पार्क नजिकै फेला परेको थियो। पूजाले माईती को बहिनी मार्फत पेसेवर अपराधी लगाएर श्रीमानको हत्या गर्न लगाएको अनुसन्धानबाट खुल्न आएको छ।

मृतकको टाउकोको पछाडि ढुङ्गा र रडले हिर्काएर हत्या गरिएको पोष्टमार्टमले देखाएको छ। हत्याको आरोपमो ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सर्लाही धनकौल गाउँपालिका–३ हरकटवाका प्रमोद सिंह, वडा–२ का मुकेश साह, रौतहटको गढीमाई नगरपालिका–६ बखरीका जिला भनिने श्रीनारायण महरा र टिआई सहनी पक्राउ परेको महोत्तरी प्रहरीले जनएको छ । हत्या गराउन पूजाले साढे ४ लाख पक्रउ पर्नेहरुलाई दिएकोे खुलेको छ । हत्यामा एक दर्जनविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका छन्। जस्मध्य अन्य आरोपीे फरार छन ।

केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौं, प्रदेश प्रहरी, जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय बर्दिबास सहितका प्रहरी टोलीले एक महिना देखि हत्याको अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी अनुसन्धान अधिकृत असोक शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button