कस्तो रहला आज दिनभरको मौसम



अहिले देशका केहि भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।


आज नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागकाे मौसम सामान्यतया सफा रहनेछ ।

आज राति प्रदेश १ मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाकाे अनुमान छ ।

देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button