प्रतिनिधिसभा विघटन विरुद्ध काँग्रेसले आज सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै
नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभरका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको छ।आज हुने विरोध प्रदर्शनमा शीर्ष तहका नेताहरु सहभागी हुने बताइएको छ।
पार्टी सभापति शेरबहादुर देउवा काठमाडौं क्षेत्र नम्बर ५ को विरोध प्रदर्शनमा सहभागी हुने र विरोध प्रदर्शनपछि आयोजना हुने सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । यस्तै कोषाध्यक्ष सीतादेवी यादव काभ्रेको प्रदर्शनमा हुनुहुनेछ ।
प्रवक्ता विश्वप्रकाश शर्मा काठमाडौंको प्रदर्शनीमार्गमा हुने विरोध सभामा सहभागी हुनुहुने छ भने नेता गगन थापा आफ्नै निर्वाचन क्षेत्रको कपनमा हुने विरोध सभालाई सम्वोधन गर्नुहुनेछ ।
आज हुने विरोध सभामा सहभागि हुन र सभालाई सम्बोधन गर्नका लागि सबै नेताहरु प्रायः आ–आफ्नो जिल्लामा पुगिसकेका छन् । पुस १९ मा बसेको केन्द्रीय समिति बैठकले सबै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
केन्द्रीय कार्यसमितिको बैठकलाई सारेर प्रतिनिधि सभा विघटनविरुद्ध काँग्रेसले तीन चरणको विरोधको कार्यक्रम घोषणा गरेको छ ।
जस अन्तर्गतपहिलो चरणको प्रदर्शन आज हो भने दोस्रो चरणमा प्रदेश निर्वाचनलाई थप विकेन्द्रित गर्दै माघ ३ गते देशैभरका ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन र सभाको आयोजना गरिने छ ।
तेस्रो चरणमा विरोधलाई थप व्यापक बनाउँदै ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन र सभा गरिने छ ।
cin