आगामी तीन दिन



मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ । जसअनुसार देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।


हाल बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भु(भागमा मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै अाज दिउँसो ः प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती ः प्रदेश नं १ को पहाडी भुभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष १३ गते (सोमबार)

दिउँसो : प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :    प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष  गते (मंगलबार)

दिउँसो : प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

पौष  गते (बुधबार)

दिउँसो :  कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भु-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशका उच्च हिमाली भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भु-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

तापक्रम चिसो रहिरहने तथा तराई / पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई  सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button