जन्ती बाेकेकाे जीप दुर्घटना, चारजनाको मृत्यु



रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७  पोखरामा गएराति ८ बजे जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएका छन् ।
 
आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप शुक्रबार


राति दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको छ ।

दुर्घटना पछि जिप चालक फरार रहे का छन् । उनकाे खाेजी कार्य जारी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button