जघन्य हिंसा निर्मूूल गर्न सबै लाग्नुपर्ने राष्ट्रपतिको अपिल




राष्ट्रपति विद्यादेवी भण्डारीले जघन्य हिंसा निर्मूूल गर्ने सरकारको प्रयास पूर्ण रूपमा सफल बनाउन समाजका सबै पक्ष त्यत्तिकै सक्रिय हुनुपर्ने बताउनुभएको छ ।राष्ट्रपतिले महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज दिनुभएको सन्देशमा यस्तो विचार व्यक्त गर्नुभएको हो ।


उहाँले घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, एसिड आक्रमणका साथै बलात्कार जस्ता जघन्य हिंसा निर्मूूल गर्न सबै सक्रिय हुनुुपर्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम यस वर्ष नेपालले पनि ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ यो दिवस मनाउँदैछ ।

कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला हिंसाबाट मुक्त हुन नसकेको सन्दर्भमा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्दै लैङ्गिक समानता स्थापना गर्नु सम्पूर्ण विश्वको साझा दायित्व भएको भनाइ राष्ट्रपतिको छ ।

नेपालको संविधानले हिंसामुक्त न्यायिक समाज परिकल्पना गरेको भन्दै राष्ट्रपतिले नेपाल सरकार संविधानको यस मर्म र भावनालाई कार्यान्वयन गर्न लागिपरेको सन्दर्भमा समाजका सम्बद्ध सबै पक्ष थप सचेत र जागरुक हुँदै हिंसामुक्त समाज स्थापनार्थ अग्रसर हुनुपर्ने बताउनुभयो ।

cin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button