सिन्धुलीमा पीसीआर प्रयोगशाला स्थापना, आजबाट जिल्लामै पीसीआर जाँच हुने ।।




आजबाट सिन्धुलीमै कोरोना भाईरस(कोभिड १९) को पीसीआर परीक्षण हुनेभएको छ । बाग्मती प्रदेश सरकारको करिब एक करोड २५ लाख र सिन्धुली अस्पतालको १५ लाख रुपैयाँ लागतमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना भएसँगै जिल्लामै पीसीआर जाँच हुने भएको हो ।


कमलामाई नगरपालिका –६ शिवनगरमा पीसीआर मेसिन जडान गरि प्रयोगशाला ल्याब सञ्चालनमा ल्याईएको छ ।

हिजो शनिबार बागमती प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्की सहित ३ जनाको प्राविधिक टोलीले पीसीआर मेसिन जडान गरेर नमुना परीक्षण गरेका थिए ।

प्रयोगशालामा २० जनाको स्वाब परीक्षण गर्दा परीक्षण सफल भएको निर्देशक कार्कीले जानकारी दिनुभयो ।

कोभिड १९ परीक्षण प्रयोगशाला सञ्चालनका लागि ९ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।

ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई आवासको समेत व्यवस्था गरिएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताउनुभयो ।

cin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button