रोटरी क्लब बर्दिवासद्वारा बर्दिवास अस्पताललाई पिसिआर मेशिन सहयोग



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको बर्दिवास नगरपालिका स्थित बर्दिवास अस्पताललाई रोटरी क्लब बर्दिवासले अटोमेटिक पिसिआर मेशिन सहयोग गरेको छ ।
आज बर्दिवास अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच रोटरी इन्टरनेशनलबाट रोटरी क्लब बर्दिवासलाई प्रदान गरीएको एक थान सो मेशीन बर्दिवास रोटरी क्लबका अध्यक्षय हिरालाल गौतमले बर्दिवास नगरपालिकाका प्रमुख बिदुर कुमार कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
सोहि क्रममा अन्य उपकरण ल्यापटप १ थान र युपिएस १ थान समेत अस्पताललाई सहयोग स्वरुप प्रदान गरिएको रोटरी क्लब बर्दिबसका अध्यक्षय हिरालाल गौतमले जानकारी दिए । कोरोनको माहामारीपछि अन्य रोगको समेत परिक्षण गर्न सकिने बहुउपयोगि मेसिन प्रदान गरिएको ले बर्दिवास क्षेत्रका बिरामीको चेक जाँचमा भरपुर सहयोग मिल्ने रोटरी इन्टनेशनल अन्तर्गत (३२९२)का पुर्व सचीव राजेन्द्र दाहालले बिश्वास ब्यक्त गरे
शिक्षा, स्वास्थ्य, र सामाजिक बिकासका लागि स्थापना कालदेखी काम गरिरहेको रोटरी क्लब बर्दिबासले आफ्नो सहयोगलाई निरन्तर जारी राख्ने संस्थाका अध्यक्षय हिरालाल गौतमले बताए ।
यसैगरी बर्दिवास नगरपालिकाका मेयर बिदुर कुमार कार्कीले क्लबले सहयोग गरेको उपकरणले नगरलाइ कोरोना मुक्त गर्ने अभियानमा सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।
माक्स लगाउने, भौतिक दुरी कायम गर्ने तथा साबुन पानीले हात धोएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेमा कोराना महामारिबाट बच्न सकिने हुँदा सबैले यसको पालना गर्नुपर्नेमा महोत्तरी क्षेत्र नम्बर १ क की प्रदेश सभा सदस्य सरदा देबि थापाले बताइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button