जलेश्वरबाट लागु औषध सहित एकजना पक्राउ



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
अस्थाई प्रहरी पोष्ट जलेश्वर नगरपालिका बाट खटिएको गस्ति टोलीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको जिल्ला सितामढि थाना सुरसण्ड ग्रामपञ्चायत हनुमाननगर (५ बिहार बस्ने बर्ष ४० को कारी राम रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीको जलेश्वर न।पा।(६ धबौली पुल स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको साईकल यात्री रामलाई अस्थाई प्रहरी पोष्ट जलेश्वर नगरपालिका बाट खटिएको गस्ति टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध एक्सिप्लोन २५ बोतल र प्रोक्सिभन स्पासमो १ सय ४४ पिस बरामद गरीएको जिल्ला प्रहरी कायालय महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए । पक्राउ परेका रामलाई आजै महोत्तरी जिल्ला अदालतबाट “लागुऔषध मुद्धामा” दिन ७ म्याद थप गरी थप अनुसन्धान भईरहेको समेत उनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button