राससका महाप्रवन्धक शर्मालाई कोरोना संक्रमण पुष्टि



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
राष्ट्रिय समाचार समिति (रासस)का महाप्रवन्धक ओपेन्द्र शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । पारिवारिक स्रोतका अनुसार उनमा शरीर दुख्ने, खोकी लाग्नेजस्ता कोराना संक्रमणका लक्षण देखिएको छ ।
स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू संक्रमित भएको उनले सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् । महाप्रवन्धक शर्मा अहिले होम आइसोलेशनमा बसेका छन् ।
शर्माले आफूसँग सम्पर्कमा रहेका सबैलाई आइसोलेशनमा रहन र आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन् ।
शर्मासँगै उनका चालक लीलाराम देवकोटालाई पनि आजै कोरोना संक्रमण पुष्टि भएको छ । उनी पनि होम आइसोलेशनमा बसेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button