पैगम्बरको जीवन र उपदेशले देशलाई शान्तिको बाटामा लान प्रेरणा प्रदान गरोस्ः मुख्यमन्त्री राउत



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश र देशलाई शान्ति र अहिंसाको बाटोमा लान इस्लाम धर्मका प्रवत्र्तक पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन ।
पैगम्बर हजरत मोहम्मदको जन्मदिनका अवसरमा शुभकामना ब्यक्त गरीएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख गरीएको छ र यसैगरी पैगम्बरको जन्मदिनका उपलक्ष्यमा प्रदेश २ सरकारले भोली कात्तिक १४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button