धान खेतमा भेटियो स्मार्ट लाइसेन्स



मेरो प्रदेश सम्वाददाता
धनुषा
जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा फालिएका अवस्थामा फेला परेको छ । यातायात व्यवस्था विभागबाट बनेर आएको सो लाइसेन्स जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै दुई सय मिटर पश्चिमतर्फ धान खेतमा फेला परेकोे हो । खेतमा धान काट्न गएकी महिलाले बुधबार दिउँसो धान काट्न आउँदा लाईसेन्स खेतमा छरीएर रहेको देखेपछी उनिहरुले संकलन गरेर यातायात कार्यालयमा बुझाएका छन् ।
यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि नै प्रश्न उठेको छ ।


यसैगरी यातायात कार्यालय जनकपुरधामका अधिकृत वीरेन्द्र साहले लाइसेन्स ‘कसैले गलत नियतले फालेको हुन सक्ने भन्दै यसबारे जिल्ला प्रशासन कार्यालय धनुषालाई जानकारी गराएको बतएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button