प्रदेश २ को प्रदेश सभाबाट दुई विधेयक पारित



मेरो प्रदेश सम्वाददाता
धनुषा
कोरोना भाईरस संक्रमणका कारण लामो समयदेखि अवरुद्ध रहेको प्रदेश २ को प्रदेश सभाको बैठक आइतबारदेखि सुचारु भएको बैठकले आज विभिन्न विषयका दुई विधेयक पारित गरेको छ । बैठकले प्रदेश पदक सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७६ र प्रदेशको स्वास्थ्य सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ पारित गरेको छ ।


प्रदेश २ को सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रस्तुत गरेको प्रदेशको स्वास्थ्य सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ लाई प्रदेश सभाले सर्वसम्मतिबाट पारित गरेको छ ।
त्यसैगरी आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रस्तुत गरेका प्रदेश पदक सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७६ र

समितिका सभापति रामचन्द्र मण्डलले प्रदेश वन विधेयक–२०७७ माथि दफावार छलफलपछि तयार गरिएको प्रतिवेदन सभामा प्रस्तुत गरेका छन । त्यस्तै, पूर्वाधार विकास अध्ययन विशेष समितिका अध्यक्ष परमेश्वर साहले प्रादेशिक दुग्ध विकास बोर्ड स्थापना तथा व्यवस्थापन गर्न बनेको विधेयक–२०७६ माथि दफावार छलफलपछि तयार गरिएको प्रतिवेदन सभामा प्रस्तुत गरे। प्रदेश सभाको अर्को बैठक मङ्गलबार दिउँसो एक बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button