मोटरसाइकलको ठक्करले घाइते भएकी राधा पैसा तिर्न नसक्दा अस्पतालमै बन्दक



सर्लाही
सर्लाहीको मलंगवा नगरपालिका स्थित गम्हरियाकी राधादेवी अस्पतालमा बन्दक बनेकी छिन् । मोटरसाइकलको ठक्कर बाट घाईते भएकी राधा देवी उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक भएकी हुन् ।


आर्थिक अवस्था कमजोर भएको राधादेवीको मोटरसाइकलको ठक्करले खुट्टा भाँचिएपछि नक्साल स्थित हिमाल अस्पतालमा उपचार गरिएको छ । अस्पतालले दिएको जानकारी अनुसार उनको उपचारमा १ लाख ३० हजार खर्च भएको छ । १० दिन अघि डिस्चार्ज हुनुपर्ने राधा अस्पताललाई पैसा तिर्न नसकेकै कारण अझै अस्पतालमा बसिरहेको उनका आफन्तले बताए ।

राधादेवीको खाना समेत अस्पतालमै कार्यरत एक डाक्टरले ब्यबस्थापन गरिरहेका छन् । सोही अस्पताल कार्यरत एक जना चिकित्सकको जिम्मेवारीमा उनको अपरेशन गरिएको थियो । राधादेवीलाई ठक्कर दिने मोटरसाइकल धनी अस्पताल पुगेपनि पैसा नतिरि फर्किएको राधादेवीले बताइन् । प्रहरी निरीक्षक निर्मल थापाले सवारी धनीलाई अस्पतालको रकम भुक्तानी गराएर महिलाको उद्धार गरिने बताए । राजधानी दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button