महिलाको हत्या गरी फरार भएका तीनजना पक्राउ



मेरो प्रदेश सम्वाददाता
सप्तरी
एक ५० वर्षीय महिलाको हत्या गरी फरार भएका तीनजनालाई प्रदेश २ प्रहरी कार्यालयले सप्तरी प्रहरीको समन्वयमा पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका मैनाकडरिका २१ वर्षीय अजय कुमार यादव, ५२ वर्षीय राधे भन्ने ओमप्रकाश यादव र कञ्चनपुर नगरपालिका–११ ठेलिया बस्ने ५५ वर्षीय बमबहादुर साह रहेका छन ।
गएकोअसोज १० गते राती घरमा एक्लै बसिरहेको अवस्थामा सप्तरीको तिरहुत गाउँपालिका–मैनाकडरीकी ५० वर्षीय दाईमन देवी यादवलाई हत्या गरी उनीहरु गाउँमै लुकिछिपी बस्दै आएका थिए ।
बमबहादुर साह तत्कालिक मधेस मुक्ति टाइर्गस भन्ने सशस्त्र समूहमा संलग्न रही शिक्षक रामनारायण साहको हत्या अभियोगमा अदालतबाट ८ वर्ष जेल सजाय बसी २ वर्षअघि मात्र हिरासतमुक्त भएका थिए । उनै बमबहादुरले दाईमन देवीको घाँटी थिचेर हत्या गरेका हुन् ।


२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख धीरजप्रताप सिंहका अनुसार बमबहादुरले महिलालाई भुइँमा लडाएर डोरीले घाँटीमा कसेर हत्या गरेको र ओमप्रकाश र अजयले बाहिर कोही आउँछ कि भनेर रिक्की गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मृतक महिलाको देवरानीसँग ओमप्रकाश यादवले अनैतिक सम्बन्ध राखेको दाईमन देवी यादवले थाहा पाएपछि रिसिईबी राखी हत्याको योजना बनाएको हुनसक्ने सिंहले बताए । त्यस्तै अजय यादव र मृतकबीच जग्गा विवाद रहेको खुलेको छ । २ बिघा जग्गा अजय यादवका बुबाले २०४७ सालदेखि जोतभोग गर्दै आएको र सोही विवादका कारण बाली नबुझाएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button