धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषाको शहीदनगर नगरपालिका १ का ७० वर्षीय वृद्धको कोरोना संक्रमणबाट बुधबार राती मृत्यु भएको छ । प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।


संक्रमित वृद्धलाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समेत समस्या भएपछि उनी असोज २० गते अस्पतालमा भर्ना भएका थिए ।

सोही दिन पीसीआर परीक्षण गर्दा बुधबार दिउँसो उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । मुटुका समेत रोगी रहेका उनको उपचारकै क्रममा बुधबार राति मृत्यु भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button