विराटनगरको नोबेल अस्पतालमा दुई संक्रमितको मृत्यु



 विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जना पुरुषको मंगलबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ जिल्लाका ५० र ४५ वर्षीय पुरुष हरेका छन् ।


मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पताल श्राेतले जनाएकाे छ ।

अस्पतालका अनुसार ज्वरो आएको भन्दै पुरुषलाई उपचारका लागि चिन्ताजनक अवस्थामा सोमबार दिउँसो अस्पताल ल्याइएको थियो। 

स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा साँझ ६ बजे रिपोर्ट पोजीटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियाे । भेन्टिलेटरमा राखेर उपचार गराइरहेका पुरूष पाँच वर्षदेखि ब्लड क्यान्सरका बिरामी थिए ।

त्यस्तै रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय संक्रमित पुरुषको पनि मंगलबार बिहान २:३० बजे मृत्यु भएको छ । उनलाई उपचारका लागि असोज १३ गते अस्पताल भर्ना गरिएकाे थियो। उनकाे स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियाे ।

मधुमेहको पुरानै समस्या रहेका पुरुषमा पछिल्लो समय ज्वरो, निमोनिया र टाइफाइट पनि थपिएको थियाे । उनकाे आइसीयूमा राखेर उपचार गरिएकाे भए पनि बचाउन नसकिएको अस्पतालले जनाएकाे छ । अहिले नोबेलको आइसोलेसनमा ३४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button