प्रदेश २ मा थप २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि



मेरो प्रदेश सम्वाददाता
धनुषा

प्रदेश २ मा थप २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार कुल २ सय ९० जनाको स्वाब परीक्षण गर्दा २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ।
संक्रमित हुँनेमा बारा र रौतहटका २६ जनारहेका छन । संक्रमित मध्ये २ जना महिला र २४ जना पुरुष रहेको नारायणी अस्पतालका प्रवक्ता डा। अतुलेशकुमार चौरसियाले जानकारी दिए।


उनका अनुसार थपिएका संक्रममितहरुमा बाराका ३ जना र रौतहटका २३ जना हुन्।

रौतहटको गरुडास्थित राष्ट्रिय वाणिज्य बैंकका चार जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ भने गुरुडाकै सिभिल बैंकका ४ जना कर्मचारीमा पनि संक्रमण भेटिएका छन्। सशस्त्र प्रहरी हजमिनियाका दुई जना र गरुडा इलाका प्रहरी कार्यालयमा एक जना संक्रमित थपिएका छन्।

माधवनारायण नगरपालिका– ३ र वडा ४ मा एक ÷एक जनामा कोरोना देखिएको छ भने चन्द्रपुर नगरपालिका– ६ मा एक जनामा कोरोना पुष्टि भएको छ।

गरुडा नगरपालिकाको विभिन्न वडामा ९ जना संक्रमित थपिएका छन्। बारामा थपिएका संक्रमितमध्ये प्रसौनी गाउँपालिका २ का १ जना, जितपुर सिमारा उपमहानगरपालिका वडा न। १२ का १ जना र वडा न। ४ का १ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button