बाढी प्रभावित बालबालिकालाई पाँच हजार राहत



सप्तरी


सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा बाढी प्रभावित पाँच वर्षमुनिका ५१ बालबालिकालाई आइतबार राहतस्वरुप पाँच हजार रुपैयाँ वितरण गरिएको छ

तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीका ५१ बालबालिकालाई गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा नम्बर १ का वडाध्यक्ष दिनेश्वर मिश्रले राहत हस्तान्तण गरे । युनिसेफको सहयोगमा सञ्चालित विपद्को समयमा सामाजिक संरक्षण कार्यक्रमअन्तर्गत प्रतिबालबालिका पाँच हजार रुपैयाँका दरले वितरण गरिएको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए । सो राहत वितरण गर्दै गाउँपालिका अध्यक्ष सिंहले राहत रकम घरखर्चमा नभई बालबालिकाको हितमा खर्च गर्न आग्रह गरे ।

खाँडो खोलाको बाढीले वर्षेनी बेल्ही गाउँ प्रभावित बन्दै आएको छ । यस्तै महुली, जिता खोला र सप्तकोशी नदीको सिपेजका कारण वडा नम्बर ४ कोइलाडी र वडा नम्बर ५ कोइलाडी बर्साइन प्रभावित बन्दै आएको छ ।

कोइलाडी र कोइलाडी बर्साइनका बाढी प्रभावितलाई समेत उक्त राहत रकम वितरण गरिने कार्यक्रम अधिकृत झाले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button