धनुषामा थप एक पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषामा थप एक पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको हो ।
जिल्लाको औरही गाउँपालिका वडा नं १ पुरनदैयाका ६० वर्षीय पुरुषमा श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई भदौ २३ गते जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको कोभिड १९ विशेष अस्पतालमा भर्ना गरिएको थियो । भर्ना पछी उपचारकै क्रममा ती पुरुषको बुधबार मृत्यु भएको हो ।


मृतकमा कोरोनाको लक्षण देखिएकाले मृत्युपछि उनको स्वाब परीक्षणका लागि पठाइएकोमा बुधबार साँझ रिपोर्ट पोजेटिभ आएकोे जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी गणेश कुमार मिश्रले जानकारी दिए ।

उनको शव व्यवस्थापन नेपाली सेनाको टोलीले महेन्द्रनगरस्थित जमुनी नदीको किनारमा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button