महोत्तरीमा लगाउँदै आएको निषेधाज्ञा मंगलवारदेखी खुकुलो गरीयो



मेरो प्रदेश सम्वाददाता महोत्तरी


महोत्तरीमा साउन १५ गत्ते देखी लगाउँदै आएको निषेधाज्ञा मंगलवारदेखी खुकुलो गरीएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीको आज बसेको वैठकले जिल्लामा लगाईएको निषेधाज्ञालाई धदौ ३१ गत्ते सम्म केहि खुकुलो गर्ने निर्णय गरेको हो ।
जिल्लाभित्र रहेका सर्वसाधारणहरुको जीवन निर्वाह तथा सामाजिक आर्थिक अवस्थालाई सन्तुलित राख्न व्यापार तथा रोजगारी हुने खालका क्रियाकलापहरु सञ्चालन गर्न दिइने निर्णय गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए । जिल्लामा कोरोना संक्रमण फैलिन नदिन आवश्यक सुरक्षा मापदण्ड पालन गराईने तथा निषेधाज्ञालाई खुल्ला गरे पनि होटेल तथा मदिरा पसलहरु संचालनमा र हाटबजार ,मेला लगउँनमा पूूर्ण रुपमा प्रतिबन्ध लगाइने भएको छ । त्यसंगरी जिल्लाका आवश्यक उपभोग्य सामाग्री बिक्री गर्ने पसलहरु प्रत्येक दिन बिहान देखी बेलुका सम्म खोल्न दिइने निर्णय गरिएको छ ।

यस अबधिमा संघ संस्था, कार्यालय, वित्तिय संस्थाहरु पलिकाहरु हरेक दिन पालो मिलाएर सञ्चालनमा ल्याउन जिल्ला प्रसाशन कार्यालयले निकालेको सूचनामा भनिएको छ ।
निषेधाज्ञा हटाइएपनि सामाजिक दुरी कायम गर्ने, भीडभाड हुन नदिइने लगायतका नियमहरु अनिवार्य रुपमा पालन गर्नुपर्ने समेत सुचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button