अन्नपूर्ण चिनी मिलले अझै गरेन उखु किसानहरुको २४ करोड भुक्तानी



रितिक अधिकारी,सर्लाही
सर्लाही जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले उखु किसानको भुक्तानी अझैँ नगरेको उखु उत्पादक किसानहरुको गुनासो छ । पटक–पटक सङ्घर्ष गर्दा पनि सो उद्योगले उखु उत्पादक किसानहरुको भुक्तानी अझै नगरेको किसानहरुको गुनासो छ ।


उद्योगमा उखु बेचेका किसानको तीन÷चार वर्षदेखिको भुक्तानी उक्त उद्योगले नगरेको हो । पछिल्लो पटक गत पुसमा सो क्षेत्रका किसानहरुले काठमाडौं पुगेर आन्दोलन गरेपछि सरकारले उद्योगबाट क्रमैसँग भुक्तानी दिलाउने आश्वासन दिएको थियो । त्यसपछि किसानहरु घर फर्किएका थिए । तर आजसम्म पनि किसानहरुको भुक्तानी उद्योगले गरेको छैन ।

धनकौल चिनी मिलबाट अब भुक्तानीको आशा गर्न छाडेको धनकौल गाउँपालिकाको महिनाथपुरका किसान रामप्रताप महतोले बताए । आफूहरु काठमाडौं गएर धर्नामा बस्दा किसानको भुक्तानी दिलाउन केही चासो देखाए जस्तो गरेको सरकारले त्यसपछि वास्ता नगरेको महतोको गुनासो छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसकाविरुद्ध सरकारले जारी गरेको निषेधाज्ञाका कारण अन्य काम पनि रोकिएका छन । उखुको भुक्तानी आउला र घर व्यावहार चलाउला भन्ने आश गरेका सो क्षेत्रका किसानहरु अहिले निराश भएका छन । विगतका वर्षहरुको भुक्तानी दिन नसकेर अन्नपूर्ण चिनी मिल गत बर्षको सिजनमा सञ्चालन नै भएन ।

जति प्रयास गर्दा पनि भुक्तानी नदिएर अन्नपूर्ण चिनी उद्योगले किसानलाई निराश बनाएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए । अध्यक्ष मैनालीका अनुसार उद्योगले तीन÷चार वर्षदेखिको करिब २४ करोड रकम उखु उत्पादक किसानहरुको भुक्तानी गर्न बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button