आजको मौसम




हाल मनसुनको न्युन चापीय रेखा  औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ सरेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले प्रदेश १,२,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य देखि पूर्ण बदली रही बाँकि प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान 

भाद्र २२ गते (सोमबार)

दिउँसो : देशभर सामान्यतया बदली  रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै  प्रदेश १, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  प्रदेश १ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २३ गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली  रहि थोरै  स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै  प्रदेश १ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती :  देशभर सामान्यतया बदली  रहि थोरै  स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै  प्रदेश १ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २४ गते (बुधबार)

दिउँसो : देशभर सामान्यतया बदली  रहि थोरै  स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै  प्रदेश १ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती :  देशभर सामान्यतया बदली  रहि थोरै  स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै  प्रदेश १ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): 

प्रदेश नं १,  प्रदेश २, बाग्मती प्रदेश र गण्डकी तथा प्रदेश ५ का  एक वा दुई स्थानहरुमा  भारी वर्षाको  समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। 

सन्दर्भ श्राेत माैसम पूर्वानुमान महाशाखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button