महोत्तरीमा लागुऔषध नष्ट



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरी प्रहरीले जिल्लाको विभिन्न स्थान र व्यक्तिबाट बरामद गरेको लागुऔषध नष्ट गरेको छ ।
प्रहरीले एक सय ८० किलो गाँजा, दुई सय ५० बोतल एक्सिप्लोन सिरप, ६ सय ट्याबलेट नाइट्राभेट र ८० वटा स्पास्मो प्रोक्सिभोन ट्याबलेट नष्ट गरेको हो । । यो संगै लागुऔषधसहित पक्राउ परेकाहरूलाई प्रहरीले मुद्दासमेत चलाइएको बताएको छ ।
बिगत केहि समय यता महोत्तरी लागुऔषधको ट्राान्जिट प्वाइन्ट बन्दै गईरहेको वेला लकडाउनकै अवधिमा पनि यस क्षेत्रमा लागुऔषध तस्करी मौलाएको छ ।


महोत्तरीको सम्सी भिठामोर मटिहानी लगायतका नाकाहरुवाट लागुऔषध सेवनकर्तादेखि तस्करहरूसमेतले लागु औषध नेपाल भित्रयाउँदै आएकोे जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टल बताए ।

डिएसपी विष्टका अनुसार लागुऔषध तस्करी नियन्त्रणका लागि प्रहरी कडाइका साथ लागिरहेको र बरामद गरिएका सबै लागूऔषध जलेश्वरस्थित मनिपालको खाली जग्गामा नष्ट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button