नेपालमा पछिल्लो २४ घन्टामा १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि ,,कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुग्यो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


नेपालमा पछिल्लो २४ घन्टामा १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभर कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको छ ।

संक्रमितमध्ये २४ हजार २ सय ७ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने हाल सम्म २ सय ५७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button