नेपालमा पछिल्लो चौबीस घण्टामा ६ सय ८१ जना कोरोना भाइरसका सङ्क्मणा,,कुल कोरोना भाईरस सङ्क्रमितको संख्या २८ हजार ९ सय ३८ पुग्याे



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा पछिल्लो चौबीस घण्टामा ६ सय ८१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।


यो संगै नेपालमा कुल कोरोना भाईरस सङ्क्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालय अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ५ सय ५२ जनाको पीसीआर परीक्षण गरीएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा अहिले ११ हजार १ सय १८ जना सक्रिय सङ्क्रमितहरू रहेको नियमित पत्रकार सम्मेलनमा जनकारी दिने क्रममा बताएका छन् । यसैगरी आइसोलेसनमा सातहजार ९ सय ८७ र होम आइसोलेसनमा तीनहजार १ सय ३१ रहेका छन् । क्वारेन्टिनमा १३ हजार ५सय ७१ रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ सय २० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १७ हजार सात सय जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button