महोत्तरी र धनुषामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु



मेरो प्रदेश सम्वाददाता


महोत्तरी र धनुषामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
महोत्तरीको बलवामा मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।

महोत्तरीको बलवा नगरपालिका ८ मा ज.११ प १३८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक एकडारा गाउँपालिका ३ बस्ने ३० वर्षीय ललित ठाकुरको घटनास्थलमै ज्यान गएको हो ।
यसैबिच धनुषाको सबैला नगरपालिकामा पनि मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
धनुषाको सबैला नगरपालिका १३ रघुनाथपुरमा ना.४७ प २१२४ नम्बरको मोटरसाइकल आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका १३ बस्ने ३० वर्षीय सुरेन्द्र दनुवारको घटनास्थलमै ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button