प्रदेश नं  २ः एक बर्षमा दुई अर्बभन्दा बढी रकम खर्च, प्रदेशभर नौ वटा मात्र भेन्टिलेटर



प्रदेश नं  २ मा कोरोना संक्रमण भयावह  बन्दै गएको छ । कोरोना समुदाय स्तरमै फैलिएपनि गम्भीर प्रकृतिका बिरामीलाई भेन्टिलेटर उपलब्ध छैन।


यस प्रदेशमा   हालसम्म अधिकांश बिरामीले उपचार अभावमै ज्यान गुमाएका छन्।  प्रदेशका सरकारी अस्पतालमा अहिले ९ वटा मात्र भेन्टिलेटर छन्।

त्यसमध्ये ४ वटा मात्रै कोभिड संक्रमितको उपचारमा प्रयोग गरिएको छ। बाँकी ५ वटा जनकपुर प्रादेशिक अस्पतालमा भए पनि कोभिड अस्पतालको आइसोलेसनमा एउटा मात्रै उपलब्ध छ। निजी अस्पतालमा भेन्टिलेटर भए पनि कोभिडका बिरामीलाई भर्ना लिइँदैन।

कोरोना संक्रमणको सुरुवातमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा ५० वटा भेन्टिलेटर खरिद गर्ने यो महामारीबाट जुध्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए अनुसार अहिले प्रदेशमा कुनै काम हुन सकेको छैन ।

तर, कोरोनाविरुद्धको संघर्षमा प्रदेश २ सरकारले गत आर्थिक वर्षमा २ अर्बभन्दा बढी रकम खर्च गरे पनि भेन्टिलेटर  अहिले सम्म खरिद गरेको छैन ।

संक्रमणका कारण  हालसम्म ४२ जनाको ज्यान गइसकेको छ । यसैगरी ६ हजार ६ सय २६ जनाको  कोरोना  रिपोर्ट  पोजेटिभ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button