कोरोना संक्रमणबाट थप दुइ जनाको मृत्यू



कोरोना संक्रमणबाट थप दुइ जनाको मृत्यू भएको छ । मृत्यू हुनेहरु वीरगन्ज र धनुषाका रहेका छन् ।


विगत ७ दिनदेखि नारायणी कोरोना अस्पताल मा उपचाररत वीरगन्ज महानगरपालिकाका ६० वर्षीय पुरुष रहेका छन् । उनको गए राति मृत्यु भएको थियो ।
उनी साउन २४ गते अस्पताल भर्ना भएका थिए । मृतकमा उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिसको समस्या पनि रहेको अस्पताल श्रोतले जनाएको छ ।

 

त्यस्तै अर्का  धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुष रहेका छन् । मृतक पुरुषको श्वासप्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल र प्रादेशिक अस्पतालमा भेन्टिलेटर नपाउँदा काठमाण्डौ पठाइएको र उपचारको लागि अस्पताल लैजाँदै गर्दा बिहीबार निधन भएको थियो ।

उनको मृत्यूपछि मात्रै शुक्रबार कोरोना पुष्टि भएको थियाे  ।

याे संगै काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या १ सय १ पुगेकाे छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button