धनुषा र सर्लाहीमा थप १,१ जनाको कोरोना संक्रमितको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता


धनुषा र सर्लाहीमा थप १,१ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुष र सर्लाहीका ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार श्वास प्रश्वासमा समस्या देखिएका धनुषाका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र यहाँबाट बिहीबार काठमाडौं रेफर गर्दा बाटोमै उनको मृत्यु भएको हो ।

सर्लाहीको महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको र विस्तृत बुझ्ने काम भइरहेको मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए ।

प्रदेशको आठ वटै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु भएको झाले बताए । प्रदेश २ मा पनि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button