पछिल्लो २४ घन्टामा थप ५ सय ९४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि,,कुल संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुग्याे



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपालमा पछिल्लो २४ घन्टामा थप ५ सय ९४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज गरीएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा अहिले सम्म कुल संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको हो ।

संक्रमितमध्ये १७ हजार ७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ९९ जनाको ज्यान गईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button