महोत्तरीमा बर्दिबास नगरपालिका सहितका गरी २० जनामा कोरोना संक्रमण पुष्टि



मेरो प्रदेश सम्वाददाता
बिहीबार महोत्तरीमा बर्दिबास नगरपालिका सहितका गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जलेश्वर नगररपालिका भित्रका १७ जना , बर्दिबास नगरपालिका, समसी गाउँपालिका र लोहार्पट्टी गाउँपालिकाका एक , एक जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।


जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्रकुमार झाका अनुसार ९ महिलासहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै महोत्तरीमा कोरोना संक्रमितको संख्या एक हजार ३८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी झाले जानकारी दिए ।

जस मध्ये ६१ जना महिला र बाँकी पुरुष रहेको अधिकारी झाले बताउनु भयो ।
कोरोना संक्रमित मध्ये अहिले सम्म महोत्तरीमा दुईजनाको मृत्यु भएको अधिकारी झाको भनाइ छ ।
,,,,,,,,,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button