कोरोना सङ्क्रमितको मृत्यु पछि महोत्तरीको मटिहानी बजार सिल



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
कोरोना सङ्क्रमित ४५ वर्षीय पुरुषको उपचारको क्रममा गएको सोमबार मृत्यु भएपछि महोत्तरीको मटिहानी बजार बुधबारदेखि सिल गरिएको छ । केही दिन अगाडि मटिहानी नगरपालिका ६ का मृतकको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएपछी मटिहानी बजार क्षेत्र सिल गरिएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डले जानकारी दिए ।


मण्डलका अनुसार मृतकको दाहसंस्कारमा सहभागी भएका ५६ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ।

हाल सर्वसाधारणलाई मृतकको घर आसपास आवत जावत गर्न नगरपालिकाले बन्द गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button