बर्दिवास नगरपालिकाको वडा नम्बर १, २ र १४ मा एक हप्ताकालागि लकडाउन थप



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
, बर्दिवास महोत्तरी
महोत्तरीको बर्दिवासमा कोरोना भाइरसको संक्रमण समुदायमै फैलिन थालेपछीे बर्दिवास नगरपालिकाको वडा नम्बर १, २ र १४ को सम्पूर्ण क्षेत्रमा आज राति १२ बजेबाट भाद्र २ गते राति १२ बजे सम्म लागु हुँने गरी लकडाउन थप गरिएको छ । सो स्थानमा बर्दिवास नगरपालिकाको वडा नम्बर १ ,२ र १४ तथा बिभिन्न सरोकारवालाहरुको संयुत्त बैठकले साउन २१ गतेदेखि एक हप्ताकालागी जारी राखेको लकडाउनको समय आज समाप्त हुँनै लाग्दा पुनह बन्दाबन्दी थप गरीएको हो। कोरोना संक्रमण समुदाय स्तरमै फैलिन थालेपछी नियन्त्रणका लागि लकडाउन अपरिहार्य भएकाले बर्दिवास नगरपालिकाको बुधबार बसेको बैठकको निर्णय अनुसार बन्दाबन्दी थप गरिएको बर्दिवास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडा्मणी पोखरेलले जानकारी दिए । बन्दाबन्दी अवधि भित्र अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन अनुरोध गरिएको छ । यस अवधिमा अस्पताल, औषधी पसल, दमकल, एम्बुलेन्स, संचार सेवा, बैक तथा बितिय संस्था दैनिक उपभोगका सामान लगाएत अत्यावश्यक सेवा मात्र खुल्ला हुने पोखरेलको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button