गृह मन्त्रालयले गर्याे ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडीओ)हरुको सरुवा तथा पदस्थापन



मेरो प्रदेश सम्वाददाता
कातमाडौ
गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडीओ)हरुको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रीस्तरीय निर्णय अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिडीओको सरुवा गरेका हुन् ।
गृहले मुस्ताङ, प्यूठान र रुकुम पूर्व रौतहट, दैलेख, म्याग्दीका सिडीओको पदस्थापन गरेको हो ।


जसअनुसार मुस्ताङको प्रजिअमा हिरादेवी पौडेल, प्यूठानमा खिमराज भुसाललाई सरुवा गरिएको छ । भने गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीलाई म्याग्दी सरुवा गरिएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय रौतहटमा उमेश बस्नेतलाई सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वमा राज कुमार राईलाई सरुवा गरिएको छ । भने दैलेखमा सन्त बहादुर सुनारलाई सरुवा गरिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button