औरही नगरपालिकामा अनिश्चितकालकालागी लकडाउन



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको औरही नगरपालिकामा अनिश्चितकालका लागि लकडाउनको घोषणा गरिएको छ । नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेकाले आइतबार राती १२ बजेदेखि लागू हुने गरिे अर्को सूचना जारी नभएसम्मका लागि लकडाउनको घोषण गरिएको हो । सो अबधिभर अति आवश्यक काम बाहेक नगर क्षेत्र भित्र आवतजावत गर्न पूर्ण रुपमा रोक लगाइएको छ।


त्यसैगरी अनुमति प्राप्त सवारीसाधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारीका साधन सञ्चालन गर्न नपाइने गरि लकडाउन गरिएको नगरपालिकाले जनाएको छ । लकडाउन उल्लंघन गर्ने जोकोहीलाई कानून बमोजिम कारबाही गर्ने समेत नगरपालिकाले चेतावनी दिएको छ।

बन्दाबन्दी समय अबधिभर अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सबै व्यवसाय तथा नगरपालिका मातहतका कार्यालयहरु, बैंक तथा वित्तीय संस्था लगायत हाटबजार पूर्ण बन्द गर्ने निर्णय गरेको नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button