समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पाईएपछि आज देखी लालबन्दी नगरपालिका शील



मेरो प्रदेश सम्वाददाता
सर्लाही
समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पाईएपछि आज देखी लालबन्दी नगरपालिका शील गरिएको छ। शुक्रबार साँझ बसेको सरोकारवालाहरूको बैठकले आकस्मिक सूचना निकालेर नगरपालिका क्षेत्र भित्रका औषधि पसलबाहेक अन्य पसल व्यवसाय, बजार, नगरपालिका कार्यालय, वडा कार्यालय र बैंक तथा वित्तीय संस्था बन्द गरिएको हो।


यही साउन २१ गते थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा पठाइएकोमा ४१ जनामध्ये एक जना वडाध्यक्ष, स्वास्थ्यकर्मी र व्यापारी समेत गरी तीन जनामा कोरोना भाइरसको संक्रमण पोजिटिभ पाइएकाले शनिबारदेखि लागु हुने गरि अर्को सुचना जारी नभएसम्म लालबन्दी नगरपालिका शील गरिएको मेयर मानबहादुर खड्काले जानकारी दिए। संक्रमित तीनै जनालाई शुक्रबार नै लालबन्दी १ नवलपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको भवनमा बनाइएको आइसोलेसनमा पठाइएको प्रमुख खड्काले बताए।

शील गरिएको अबधिभर अत्याबश्यक काम बाहेक नगरवासीहरूलाई घर बाहिर ननिस्कन, अनुमति प्राप्त सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारीसाधन संचालन नगर्न, जमघट हुने सबै किसिमका सभा, सम्मेलन, भोजभतेर जस्ता क्रियाकलाप बन्द गर्न जारी सूचनामा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button