स्थानिय सरकारले गर्याे गोलबजारमा पनि लकडाउन



रामभरोसि यादब


सिरहा

सिरहाको गेलबजार नगरपालिकामा हिजो राती १२ बजे देखि ९ दिनका लागी लकडाउन गरिएको छ ।
लकडाउन गरिएको समय अवधि भित्र नगर क्षेत्र भित्रका सबै पसल कलकारखाना यातायात लगायत अत्याआवश्यक सेवा बाहेकका सबै सेवा बन्द रहने गोलबजार नगरपालिकाका नगर प्रबक्ता उमेस बरालले जानकारी दिए ।
बिहिबार नगरपालिका वडा नं १२ का २३ वार्षिय एक युवकको मृत्युु भएपछि नगर क्षेत्रमा लकडाउन गरीएको नगरपालिकाले जनाएको छ ।

बन्दाबन्दीमा पुर्व पश्छिम लोकमार्गमा चल्ने अति आवश्यक सवारी साधन बाहेक नगर क्षेत्र भित्र चल्ने सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाईएको छ ।
छिमेकी जिल्ला सप्तरीमा तीव्र रूपमा सङ्क्रमण फैलिरहेको कारण नगरपालिका कार्यपालिकाको आपत्कालिन बैठकले नगर क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बताइएको छ ।
यसअघि मिर्चैया नगरपालिकाले बिहीबारदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा लकडाउन गरेको छ । मिर्चैया–६ का दुई स्वास्थ्यकर्मीसहित तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलिन नदिन नगर क्षेत्रमा नगरपालिकाले लकडाउन गरेको हो । तेस्तै लहान नगरपालिकाले पनि निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button