लकडाउनले बर्दिवास क्षेत्रका सबै पसल हरु बन्द, बजार क्षेत्र सुनसान



राधा कृष्ण शर्मा ,
बर्दिवास, महोत्तरी


बर्दिबास नगरपालिका वडा नं.१,२, र १४ क्षेत्रभित्र गए े राति १२ बजेदेखि लागु भएको ेलकडाउनले बर्दिवास क्षेत्रका सबै पसल हरु बन्द भएको छ ।
साना सवारी हरु फाट्ट फुट्ट गुडेको देखिएपनि बजार क्षेत्र सुनसान देखिएको छ ।

आफ्नै वडामा संक्रमित फेला परेपछि बर्दिबास नगरपालिका वडा नं.१ मा सर्वपक्षिय वैठकले साउन २८ गते राति १२ बजे सम्मका लागि बन्दाबन्दि लकडाउन गर्ने निर्णय गरेको हो ।

समुदाय स्तरमा कोरोनाको संक्रमण फैलन कम गर्ने उद्देश्यले बर्दिबास नगरपालिका वडा नं.१,२ र १४ भित्र लकडाउन गरीएको वडा नं.१ का वडा अध्यक्ष चुडामणि पोखरेलले जानकारी दिए ।

बन्दाबन्दी अवधि भित्र अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन अनुरोध गरिएको छ ।

यस अवधिमा अस्पताल, औषधी पसल, दमकल, एम्बुलेन्स, संचार सेवा लगाएत अत्यावश्यक सेवा मात्र खुल्ला हुने होटल व्यवसायी संघ महोत्तरी महासचिव रेवन्त कार्की सुदिपले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button